LATEST NEWS

झ्यालबाट खसेकी थिइन् कि कसैले धकेलेर भयो दिव्या भारतीको मृत्य ? >>हेर्नुहोस

Posted by Unknown ~ Friday, 26 February 2016

फाल्गुन;१४
१७ वर्षको उमेरमा तेलुगु चलचित्रवाट करिअर सुरु गरेकी बलिउड नायिका दिब्या भारतीको विवाह गरेको ११ महिनापछि निधन भएको थियो ।
उनको निधन कसरी भयो अहिलेसम्म खास कारण पत्ता लागेको छैन । कतिले भन्छन् उनको आत्महत्या हो, कतिले दुर्घटना भनेका छन् त कतिले हत्या भएको आरोप समेत लगाएका छन् ।

सन् १९९० मा तेलुगु चलचित्र ‘बेेबिली राजा’वाट करिअर सुरु गरेकी उनले ३ वर्षमा २१ चलचित्रमा अभिनय गरेकी थिईन् । त्यो मध्ये १३ बलिउड चलचित्र थियो भने बाँकी तेलुगु चलचित्र थियो ।

सन् १९९२ मे १० मा उनले निर्माता साजिद नाडियावालासँग विवाह गरेकी थिइन् । मृत्यु हुनु अघिल्लो रात मात्रै उनले एउटा नयाँ अपार्टमेन्टका लागि डिल गरेकी थिईन् । त्यही दिन चेन्नईमा एउटा चलचित्रको सुटिङ गरेर फर्केकी थिइन् । अर्को चलचित्रको सुटिङका लागि हैदरावाद जाने कार्यक्रम थियो । अपार्टमेन्टको डिल गर्न भन्दै हैदरावादको सुटिङ पोष्टपोण्ड गरेकी थिइन् ।

दिउँसो सुटिङको क्रममा उनको पैतालामा चोट लागेको थियो, जुन कुरो उनले निर्देशकलाई बताएकी थिइन् ।

दिव्याको निधन हुनु भन्दा केही समय अगाडि नीता र उनका श्रीमान् १० बजे तीर दिब्याको फ्ल्याटमा पुगेका थिए । तीनै जना लिभिङ रुममा बसेर कुरा गर्दै रक्सि पिउँ
दै थिए । दिव्याकी अर्की साथी अमृता पनि यहि विचमा आइपुगिन् ।

यहि विचमा अमृता किचनमा गइन् भने दिव्या झ्यालको छेउमा बसिन् । दिव्या बसेको झ्यालको छेउमा ग्रील थिएन । झ्यालको सिधा तल पार्किङ थियो । तर, पार्किङमा कुनै गाडी थिएन । केही बेर दिव्या झ्यालमै बसिन् । झ्यालमा बसिरहेकी दिव्या हल्का पछाडि धकेलिइन् । उनी झ्यालमा समाउने डण्डी खोज्दै थिइन् । एक्कासी तल खसीन् । उनी पाँचौ तलावाट खसेकी थिइन् ।

भूईमा खसेकी दिब्याको शरीरभरि रगत लत्पतिएको थियो । तर, मुटुको धड्कन चलिरहेको थियो । हस्पिटल पुर्‍याउँदासम्म उनको स्वास्थ्य स्थिती नाजुक भइसकेको थियो । मुम्बइमा रहेको कपुर हस्पिटलको इमर्जेन्सी वार्डमा उनले अन्तिम सास लिएकी थिइन् ।स्रोत;दैनिक नेपाल 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply