LATEST NEWS

महिलाहरुलाई भुतुकै पार्ने सूत्रहरु :( जानी राखौ)>>

Posted by Unknown ~ Thursday, 25 February 2016

फाल्गुन;१४
विज्ञानले भन्छ, जति सुन्दर भयो जिन्दगी उति नै राम्रो हुन्छ । स्वस्थ तथा ससक्त मानिसलाई अरुले पनि स्मार्ट तथा विश्वासिलो ठान्छन् । तर विपरितलिंगीको आकर्षणको केन्द्र बन्नका लागि वंशाणुगत सुन्दरताको चिट्ठा पर्नैपर्छ भन्ने छैन । वैज्ञानिकहरुले यौन तथा आकर्षणका विषयमा एउटा रोचक अनुसन्धान गरेका छन् । त्यसक्रममा महिला तथा पुरुषहरुका लागि विपरित लिंगीप्रति आकर्षक बन्ने टिप्सहरु पत्ता लगाएका छन् । विपरित लिंगीलाई आकषिर्त गर्ने झण्डै एक दर्जन टिप्स यस्ता छन्-

दाँत सेतो सफा राख्नुस्– अध्ययनले के देखाएको छ भने सफा सेता तथा मिलेका दन्तलहरले मानिसलाई बढि आकर्षक देखाउँछ । बेलायतके लिड्स तथा सेन्टर ल्यांकेशायर विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मयुरलाई उसको रंगीन प्वाँखले सुन्दर देखाए झैँ मानिसलाई दाँतले सुन्दर देखाउँछ । सुन्दर र स्वस्थ दाँत मानिसको समग्र स्वास्थ्य तथा असल वंशाणुको सूचक भएको शोधकर्ताहरुको दाबी छ ।

चम्किलो छालाका लागि फलफूल् तथा सागपातको पर्याप्त सेवन गर्नुस्- अध्ययन अनुसार फलफूल् तथा सागपातको प्रसस्त सेवनले मानिसको छालालाई स्वस्थ तथा आकर्षक बनाउन सहयोग गर्छ । फलफूल तथा सागपातमा एन्टीअक्सिडेन्टका साथै छालालाई स्वस्थ र चम्किलो राख्न सहयोग पूराउन वनस्पतीजन्य पिगमेन्टहरु समेत पाइन्छ ।

मुस्कुराउनुहोस्- खुसी तथा मुस्कान खासगरी महिलाहरुको हकमा आकर्षणको सबैभन्दा ठूलो केन्द्र नै हो । तर पुरुषको हकमा भने मुस्कानले खासै आकर्षणको अर्थ राख्दैन । अर्थात् मन्द मुस्कान भएका महिलाहरु जसरी पुरुषको पहिलो रोजाइमा पर्छन् त्यसैगरी मुस्कान छर्ने पुरुषहरु महिलाको रोजाइमा पर्ने सम्भावना भने हुँदैन । एक अध्ययनले खासगरी युवा तथा किशोरहरु मुस्कुराएको भन्दा हल्का लजाएको कुरा युवतीहरुले मन पराउँछन् ।
गम्भीर मुद्रा र भद्र स्वभाव- मुस्कुराइरहने पुरुष भन्दा अलि भद्र तथा गम्भीर स्वभावका पुरुषहरु महिलाको रोजाइमा पर्छन् । युनिभर्सिटी अफ बि्रटिस कोलम्बियाका शोधकर्ताहरुका अनुसार खुसी तथा मुस्कान पुरुषहरुको सबैभन्दा कम आकर्षक गुण हो ।
क्षणिक सम्बन्ध चाहनुभएको हो ? त्यसोभए हल्का भइदिनुस्- यो भन्दा अप्ठेरो लाग्छ । तर यदि कुनै महिला छोटो समय वा एक रातको सम्बन्ध चाहन्छन् भने उनीहरु हल्का तथा एक प्रकारले मूर्ख बनिदिनुपर्छ, तबमात्र उनीहरुलाई पुरुषहरुले झ्वाट्टै आँखा लगाइहाल्छन् । अमेरिकाको टेक्सास विश्वविद्यालयका शोधकर्ताका अनुसार पुरुषहरु एक रातको क्षणिक सम्बन्धका अपरिपक्व, लापरवाह, हुस्सु तथा मदहोस महिला रोज्दछन् । तत्कालै प्रतिक्रिया दिइहाल्ने, बाचाल तथा प्रष्ट महिलाहरु क्षणिक सम्बन्धका लागि पुरुषहरुको रोजाइमा पर्दैनन् । तर दीर्घकालीन सम्बन्धका लागि भने प्रष्ट, बुद्धिमान तथा बाचाल महिलाहरु पुरुषको आकर्षणमा पर्दछन् ।



दाह्री खौरिनुहोस्– महिलाका लागि आकर्षक बन्न चाहनुहुन्छ ? यदि त्यसो हो भने दाह्री खौरिनुहोस् । अक्सफोर्ड जर्नलमा छापिएको शोध अनुसार महिलाहरु झुस्स दाह्री भएको अनुहारवाला पुरुषलाई कम आकर्षक ठान्छन् । दाह्रीवाल मानिस बढि रिसाहा हुने, सामाजिक अवस्था उच्चस्तरको भएपनि आकर्षक भने नदेखिने ठम्याइ महिलाहरुको हुन्छ ।स्रोत;पुर्बेली न्युज 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply