LATEST NEWS

विमान दुर्घटनामा परेको यो जोडीः जसले आमा-बुवालाई ढाँटे, मृत्युलाई ढाँट्न सकेनन् ->>हेर्नुहोस

Posted by Unknown ~ Thursday, 25 February 2016

पोखरा, १४ फागुन । बुहारीले बिए पास गरिन् । छोरासँग विहे हुँदा विए भर्खर सुरु गरेकी थिईन् । पढाई सकिएपछि जागिरको खोजी भयो । त्यसैका लागि सोमबार म घरबाट पोखरा आएँ । आफूले चिनेजानेकासँग भेटघाट गराए । गरिमा विकास बैंकमा जागिर खुलेको छ भन्ने थाहा पाएपछि छोरा बुहारीलाई सँगै लगेर भेटाएको थिएँ । तर सबैले सर्टिफिकेट मागे । अनि मैले छोरा बुहारीलाई बुधबार नै काठमाडौं गएर सर्टिफिकेट ल्याउन भने ।
स्याङ्जा बिचारीचौताराका मोती बहादुर केसीका बाबु दिलबहादुर केसी मंगलबार विहान जागिरका लागि भनसुन गरीबरी छोरा बुहारीसँगै खाना खाएर घर फर्किए । खाना सँगै खायौं, त्यसपछि उनीहरु पियन क्याम्पसमा काम छ, घर जानुस् भनेर निस्किए म घरतिर लागेँ, उनले भने–तर पियन क्याम्पस भनेर एयरपोर्ट गएका रहेछन, मलाई थाहा भएन । मोति र उनकी श्रीमती पबित्रा केसी सबैलाई ढाँटेर मुक्तिनाथ दर्शन गर्न गएका थिए । तर उनीहरुले आफ्नै मृत्युलाई चाहीँ ढाँट्न सकेनन् । नत मुक्तिनाथ दर्शन गर्ने उनीहरुको धोको नै पूरा भयो ।
केसी दम्पति चढेको जहाज म्याग्दीमा दुर्घटना हुँदासम्म घर परिवार कसैलाई थाहा थिएन, त्यो जहाजमा मोति र पवित्रा पनि छन् भनेर । करिब ११ बजेतिर स्याङजा क्षेत्र नम्बर एकका काँग्रेस सभापति तुलसी रेग्मीले फोन गरेर छोरा बुहारीको खवर के छ भनेपछि दिल बहादुर केही झसङ्ग भए । सभापतिले छोरा बुहारी कहाँ छन् भनेर सोधे मैले काठमाडौं गए भनेर भनिदिँए । तर उनले छोरालाई फोन गर्न भने । मैले फोन गर्दा फोन अफ थियो । त्यसको केहीबेरपछि पुनः रेग्मीले फोन गरेर बेनी दुर्घटनामा परेको खबर गरिदिए–दिल बहादुरले भने ।
उनीहरुले मुक्तिनाथ जाने दिन विहान बाबुआमा दुवैलाई फोन गरेका थिए । आमाले फोन उठाईन् तर बाबुले त्यही फोन पनि उठाउन पाएनन् । बुधबार विहान सात बजेतिर मेरो मोबाईलमा मिसकल आएको रहेछ, तर मैले थाहा पाईन, मलाई जहाज हराएको समाचार आउँदासम्म छोरा बुहारी मुक्तिनाथ गएको पनि थाहा थिएन, उनले भने–एक्कासी छोराको मृत्यु भएको खवर पाउँदा मन थाम्नै सकिन ।
केही दिन पहिले नै मुक्तिनाथ जाने कुरा बताएपछि दिल बहादुरले बिहे गरेको मान्छे जान नहुने बताएका थिए । बाबुले गाली गर्छन् भन्ने ठानेर अरुलाई नभनेको हुनसक्ने मोतिका भाई दिपक केसीले बताए ।
करिब १९ महिना अघि बैदेशिक रोजगारीका लागि यूएई गएका मोति फागुन ३ गतेको कुलपुजा गर्न माघ २७ गते घर फर्किएका थिए । बिहे भएको तीन बर्ष पुगेपनि उनीहरुले बच्चा जन्माएका थिएनन् ।
मृत्यु भएको खवर पाएपछि केसी दम्पतिका आफन्तहरु बुधबार नै पोखरा आएका थिए । तर मौसम खराबीले बिहिबार मात्रै लाश पोखरा ल्याउने भनेपछि उनीहरु विहीबार पनि विहानैदेखि विमानस्थलमा पुगेर शव कुरिरहेका थिए । मध्यान्नमा सेतो कपडाले बेरिएको अवस्थामा सबैको शव आयो र विमानस्थलमा नरोकी सिधै क्षेत्रीय अस्पताल लगियो । आफन्त पनि शवको पछिपछि अस्पताल गए । शवगृहमा शव चिन्न केही आफन्त भित्र गए । फर्किँदा मन थाम्नै सकेनन् र बेहोस् जस्तै गरि लडे । त्यसपछि नजिक रहेका सबैजना आँशु झार्न थाले । सबैतिर रुवाबासी चल्यो ।
केसी दम्पतिजस्तै दुर्घटनामा मृत्युवरण गरेकाका परिवार विहीबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जम्मा भएका थिए । पालैपालो आफन्त चिन्न प्रहरीले शवगृहमा बोलाउँथ्यो, उनीहरु भित्र जान्थे अनि भक्कानिँदै बाहिरिन्थे । यो दृष्यले अस्पताल पुगेका कसैले मन थाम्न सकेनन् । उनीहरु भन्थे यस्तो पीडा त शत्रुलाई पनि नहोस् ।स्रोत;दैनिक नेपाल 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply