बिदेशमा रहेका श्रीमानलार्इ धाेका दिदाकाे परीणाम : प्रहरीकै संलग्नतामा हत्या भएकाे अाराेप >>हेर्नुहोस
फाल्गुन;२०
वैदेशिक रोजगारमा जानेहरुको एउटै सपना हुन्छ पैसा कमाउने र परिवारलाई सुख दिने । यही उद्देश्यका साथ अहिले नेपाली युवाहरु विदेशिने क्रम बढ्दो छ । गएकामध्ये कसैले आफूले बोेकेको सपना पूरा गर्ने गरेपनि केहीको सपना चकनाचुर हुने गरेको पाइएको छ । ओखलढुंगाका एक युवकको पनि हालत मिल्दाे जुल्दाे रहेकाे छ ।
दुई बर्ष अगाडि तलुवा ४ अाेखलढुंगाका युवराज भुजेल यही सपना बोकेर विदेश गएका थिए । विडम्बना वैदेशिक रोजगबारबाट फर्किदा उनले न त अाफ्नाे श्रिमती पाए न त धन सम्पती नै । पीडित भुजेलल धरानमा आज पत्रकार सम्मेलन गरी आफूले वैदेशिक रोजगारमा जादा रकम र परिवार दुवै गुमाएको बताए ।उनले आफूले कमाएको र‘कम र श्रीमतिको हत्याका विषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी गर्दा समेत प्रहरीले उजुरी लिन नमानेपछि बाध्य भएर न्यायलयको ढोका चाहरेको पत्रकार सम्मेलनमा जानकारी गराए ।
संलग्नता रहेको भन्दै उनीविरुद्ध जिल्ला प्रहरीमा किटानी जाहेरी दिनुभएको थियो । तर, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले निवेदन दर्ता नगरेपछि उहा बाध्य भएर पुनरावेदन अदालत सप्तरी धाइरहेका छन ।
पीडित युवराजले आफू बैदेशिक रोजगारीको क्रममा कतारमा रहेको र श्रीमतिलाई १७ गते साँझ ७ बजे दुईतीनदिन भित्र घर आउने कुरा बताएको भोलीपल्ट नै मृत्यु भएको खबर पाएको बताउनुभयो । श्रीमतिको मृत्यु भएको खबर पाएलगत्तै कम्पनीबाट फिनिस आएका उहाले जव गाउघरमा आएपछिमात्र प्रज राई र आफ्नो श्रीमतिको सम्बन्धको बारेमा थाहा पाएको बताउनुभयो । उनले आफ्नो चार वर्षीय छोरालेसमेत १७ गते राति डाडु अंकल (सनोजको उपनाम) आएको र आमासँग लाप्पा खेल्दै गरेको बताएपछि घटना हत्यातर्फ इगित भएको उहाको आरोप छ ।
मृत्युपछि शवलाई नजिकबाट नियालेर हेर्दा उनले आँखाहरुमा निलो डाम र ढकनीमा खुनसमेत देखिएकाेले श्रीमतीकाे हत्या भएकाे र उक्त हत्या प्रहरी जवान राइलेनै गरेकाे अाराेप लगाए । युवराजले त्यति मात्रै आधार नभई आफूले पठाएको रकम धेरै पटक प्रज राईलेनिकालेकोसमेत पाइएको बताए।
कतारको बसाईमा १२लाख रुपैया पठाएको त्यसमध्ये श्रीमतिले ७ लाख रुपैया राष्ट्रिय बाणिज्य बैंकमा खाता खोलेर राखेको बताएको तर, खातामा जम्मा ६५ हजार रुपैया मात्रै जम्मा भएको देखिएको पिडित भुजेलले बताए । त्यसमध्ये पनि दुईपटक प्रज राईले नै हस्ताक्षर गरेर बैंकबाट निकालेकोसमेत आफूसँग प्रमाण रहेको र हाल बैंकमा जम्मा ३१ सय रुपैया मात्रै रहेकोसमेत बताउनुभयो ।
यस विषयमा जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपक साहले पोष्टमार्टम र भिषराको रिपोर्टमा हत्या नभई आत्महत्या भएको
देखिएको बताउनुभयो । उहाले पोष्टमार्टम रिपोर्टमा त्यस्तो केही नदेखिएको बताउनुभयो । उहाले मृतक भुजेलले मर्नुअघि गरेका अडियो रेकर्डबाट पनि आत्महत्या गरेको प्रष्ट हुने बताउनुभयो । तर, युवराजले भने प्रज राईकै दवावमा रेकर्ड गराएको हुन सक्ने बताउदै अाएका छन ।स्रोत;पुर्बेली न्युज
No comments: