LATEST NEWS

राहदानीमा गाई मरेपछि भक्कानिएर रोए कृषिमन्त्री गजुरेल, सुरक्षा अधिकारी हेरीमात्र रहे(भिडियोसहित) >>हेर्नुहोस

Posted by Unknown ~ Friday, 25 March 2016

१२ चैत । राजधानीमा बिहीवार चलचित्र राहदानीको विशेष शोमा कृषि मन्त्री हरिवोल गजुरेल भक्कानिएर रोएका छन् । चलचित्र राहदानीमा गाई मरेपछि विभिन्न समस्या उत्पन्न भएको र समस्याले कथाको क्रमलाई एक घटना पछि अर्को घटना निम्त्याएको भन्दै मन्त्री गजुरेल भक्कानिएर रोएका थिए । चलचित्र राहदानीमा नेपाली यूवाहरुले आफ्नै देशमा केही गर्न सकिन्छ भन्दै ऋण लिएर गाई पालन गर्ने र गाई मरेपछिको विभिन्न समस्या उत्पन्न भएको कारणले नेपाली यूवा विदेशीनु परेको कथा हेरीसकेपछि तपाईलाई कस्तो लाग्यो भन्ने प्रश्नमा मन्त्री गजुरेलले बोल्ने क्रममा मन थाम्न नसकेर भक्कानिएर रोएका थिए ।

मन्त्री गजुरेलले शुरुमा देशमा वेरोजगार बढेपछि यूवाहरुमा विभिन्न समस्या आउने र विदेशीनुपर्ने कथा रहेकोले सम्पूर्ण नेपालीहरुको समग्र कथा नै राहदानी रहेछ भन्दै गर्दा केही क्षण मन्त्री गजुरेल बोल्न सकेनन् लगतै दुबै हातले अनुहार छोप्दै भक्कानिएर रोएका थिए । करिब एक मिनेटसम्म रोएका उनलाई चलचित्रका निर्देशक डब्बु क्षेत्रीले सान्त्वना सहित सम्हाल्न अनुरोध गरेका थिए । मन्त्री गजुरेलसँगै आएका सुरक्षाकर्मी र सहयोगी मन्त्री गजुरेललाई हेरिमात्र रहे ।

राजधानीको धर्मस्थलीमा रहेको धर्म आश्रम प्राथामिक विद्यालयको सहयोगार्थ स्वरुप जेसिस काठमाडौंले आयोजना गरेको चलचित्र राहदानी हेरिसकेपछि सो घटना भएको हो । चलचित्र हेरिसकेपछि सबै दर्शकहरुले चलचित्र राम्रो भएको र सबैले हेर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

परदेश गएका यूवाहरुको कथामा निर्माण भएका अन्य चलचित्र भन्दा राहदानीमा फरक पात्रहरु समावेश गरिएको र तीनीहरुको समस्यालाई फरकदंगले प्रस्तुत गरिएको छ । रादहानीका कलाकारहरु दयाहाङ राई, रुपा खनाल, सृजना सुब्बा, असोक रिजाल, नविन लम्साल, मोनिका दाहाल, विकाश जोशी, तेन्जिङ शेर्पा रहेका छन् । चलचित्रलाई निकै नै अपेक्षा गरिएको छ ।स्रोत;लाइट नेपाल 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply