पोखरामा स्कुले बसको दादागिरी, बच्चाहरु लाइ बसको एउटा सिटमा ६ जना सम्म हालेर हिड्छन ‘मिडियाको डरले स्कुल बस रोक्दैनन् ’ (भिडियो सहित) >>हेर्नुहोस
जेष्ठ;७
नयाँगाउ निवासी बिष्णु न्यौपाने सरस्वति उच्च माबि नागढुंगामा कक्षा २ मा पढ्छिन् । नया गाउदेखी नागढुंगा सम्म कक्षा २ मा पद्ने उनी स्कुलको सुरुवात देखीनै बसमा उभिएर स्कुल आउन बाध्य छिन् । बिष्णु जस्ता सयौं बालबालीका छन् जो स्कुल जान्छन् तर स्कुल नपुग्दै बसको बसाईले सिथिल हुन्छन् किनकी बसमा खुट्टा सम्म अट्ने ठाउ हुदैन । धरबाट निस्कदा अनेकौं सपना बोकेर स्कुल हिडेका बिद्यार्थी बसमा पाईने उकुस्मुकुस्ताले आफै सिथिल भएको अनुभव गर्छन । फेवा टेलिभिजनले सुरुगरेको स्कुल बस निगरानीमा बालबालीकाहरुलाई बोज पर्ने गरी काखमा बालबालीका राखिदिने र साना–साना बच्चाहरुलाई पनि बसमा उठेर स्कुल आउन बाध्य गराउने हर्कद भएको भेटिएको छ ।
हरेक परिवारमा २/३ जना बच्चाहरु एउटै स्कुलमा पढ्न आउने र अभिभावकको चाहनाले पनि आफूहरुले बढी बिद्यार्थी बसमा हाल्न परेको सरस्वति उच्च माबिका फाउण्डर प्रिन्सिपल दुर्गा बहादुर थापाले बताए । उनले भने ‘बच्चाहरु धेरै छन् अनि अभिभावकलाई आर्थिक भार कम होस् भन्ने उद्देश्यले पनि बसमा बिद्यार्थी बढिहुने गरेको जिकिर गरे । जसको पनि चाहना बच्चाहरुको स्कुल फि वा बस फिमा कम होस वा प्रिंm होस भन्ने हुन्छ र आवश्यक नभएका बिद्यार्थीले पनि बिचमा बस रोकेर चढ्ने हुदा बसमा क्षमता भन्दा बढी बिद्यार्थी हुने थापाको भनाई थियो । अब यो समस्याको समाधान हुन केही महिना लाउने उनले जानकारी दिए ।
जो पहिला आउछ, वा जससको धरमा पहिला स्कुल बस आउछ उही सिटमा बस्छ, स्कुलको प्राङ्गणमा बस पुग्दा आफू बसेको सिटमा साथिमात्र होईन काखमा समेत २/४ जना बिद्यार्थीले उसलाई किचिसकेका हुन्छन् ।
शिक्षा कार्यालय कास्कीले स्कुलहरुमा निगरानी गर्न थाले पछिपनि स्कुलबसहरुले बिद्यार्थी खाद्न र बसको रंग परिवर्तन गर्न अटेर गरिरहेका छन् । डिजिल्याण्ड एकेडमीले लामो समयदेखी सेतो रंगको स्कुलबस प्रयोगमा ल्याएको छ । बसमा २ जना र ३ जना क्षमताका गरि दुई तर्फि सिट छन् तर २ जनाको सिटमा ४ जना र ३ जनाको सिट क्षमतामा ७ जना सम्म बिद्यार्थी राख्ने गरेको छ । बिद्यालयले प्रयोगमा ल्याउने बस पहेलो सुन्तला रंग हुनु पर्नेकुरामा सबै जानकार भएपनि स्कुल बिदा गर्न नमिल्ने र रंग लाउनलाई समय लाग्ने हुदा बिदाको समय कुरेर बसेको बसका सहचालक गोबिन्द चौधरीले बताए । बिगत १६ बर्ष देखी आफूले गाडी चलाए पनि स्कुल बस भने एक बर्ष अघिमात्र चालाएको स्मरण गर्दै चालक रामबहादुर कुवरले आफूहरु अरुको आदेशमा मात्र चल्ने हुदा सम्बन्धीत ठाउमा गएर कुरा गर्न आग्रह गरे । आफूहरु स्कुल बसको नियम र रंगबारे थाहा नपाएको र पछि मात्र ट्राफिकले बोलाएर प्रशिक्षण दिएपछि थाहा हुन आएको कुवरको भनाई थियो । बिद्यालयमा ३०० जना बिद्यार्थी रहे पनि आफ्नो बसमा धेरै नहुने उनले जिकिर गरे तर बसमा सिट क्षमता भन्दा बढी बिद्यार्थी थिए। अर्को चालकले भने बसको ब्यू बुकमा नै निलो रंगको स्कुल बस स्पष्ट लेखिएकाले आफूहरु गलत नभएको उनको दाबी थियो ।
आफूले स्कुलले जे भन्यो त्यही गर्नेकाम मात्र गरेको र यसरी बच्चाहरुलाई खादेर स्कुल लादा नरमाईलो लाग्ने लनर्स एकेडमीका बस चालक
रंजन सुनारले बताए । उनले भने‘देशमा लोकतन्त्र आयो के के भो भन्छन्, खै अझै हामी यस्तै साना कुरामा अल्झिएका छौ’ । आफूहरुले बसमा बिद्यार्थी धेरै राखेको स्विकार गर्दै, सधै यस्तो नहुने र आउदा दिनमा नियम पालना गर्ने लनर्स एकेडमीका संस्थापक इश्वरबन्धु गौतमले प्रतिबद्धता व्यक्त गरे । अमरज्योति बोडिङ स्कुल सिमलचौरका निर्देशक शिबगौतमले भने आर्थिक अभावमा तत्काल त्यस्तो काम गर्न कठिन भएको दुखेसो पोखे । स्कुलसंग पर्याप्त रकम नुहुने हुदा अब छलफल गरेरमात्र काम गर्ने गौतमको भनाई थियो ।कतिपय स्कुलले भने संचारमाध्यमले देख्छ र देखाउछ भन्ने डरमा स्कुल बस नै नरोक्ने गरेका छन् । फेवा टेलिभिजनले गरेको स्कुल बस निगरानीको कार्यक्रमबाट त्रसित बनेका केही स्कुल संचालकहरु संचारमाध्यमले बस रोक्न खोज्दा नरोकी जाने गरेको फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीले बताए । उनलेभने ‘हाम्रो निगरानी स्कुलतिर भन्दानी प्रवृत्ति तिर हो’।
जिल्ला शिक्षा कार्यालय र जिल्ला ट्राफिक कार्यालयको सहयोगमा स्कुलबसको निगरानी कार्यक्रमलाई निरन्तरता दिईने पनि फेवा टेलिभिजनले जनाएको छ । हरेक साझ ७ बजे र ९ बजे र पुनः प्रशारण बिहान ८ र दिउसो २ बजे स्कुलबसको निगरानी बिशेष कार्यक्रम फेवा टेलिभिजनले गर्दै आएको छ ।
भिडियो हेर्नुहोस
स्रोत;लाइट नेपाल
No comments: