भत्ताको आशामा ६० हजार बढी बृद्धबृद्धा : ५ महिनादेखि छैन बृद्धभत्ता : हातमुख जोर्न गाह्राे भएपछि सबैसँग गुहार >>हेर्नुहोस
जेष्ठ;७
सरकारले बृद्धाबृद्धाका लागी बितरण गर्दै आएको मासिक भत्ता ५ महिना देखि नपाएपछि मोरङका बृद्धबृद्धाहरु अन्यौलमा पर्न थालेका छन । धेरैमा त भत्ता रोकिएको समेत भ्रम पर्न थालेको छ । २०७२ पौष देखि बृद्धबृद्धाहरुले भत्ता पाउन सकेका छैनन । भत्ताकै आशमा कठिन जिवनयापन गरिरहेका बृद्धबृद्धाका लागी बिहान बेलुका हातमुख जोर्न देखी एकसरो कपडा फेर्न समेत कठिन भएको बृद्धबृद्धाहरु बताउँछन । मासिक रुपमा आउने भत्ता आउन छोडेपछि सरकारले भत्ता नै पो कटौति गरेको हो की भन्ने चिन्ताले समेत बृद्धबृद्धालाई पिरोल्न थालेको छ । प्रत्येक महिना पाउने भत्ता ५ महिना सम्म पनि नआउँदा केहि बृद्धबृद्धाको हात मुख जोड्ने बाटो हराएको छ । नेकपा एमालेको ९ महिने सरकारको पालामा तत्कालीन प्रधामन्त्री भरतमोहन अधिकारी नेतृत्वको सरकारले बृद्धबृद्धाका मासिक भत्ता दिने निर्णय गरेको थियो ।
नौ महिना नबित्दै त्यो सरकार ढलेपनि त्यहि सरकारले ल्याएका केहि नयाँ कार्यक्रमले अहिले सम्म निरन्तरता पाईरहेको छ । नौ महिने सरकारले ल्याएका बृद्धभत्ता तथा आफनो गाँउ आफै बनाउँ, जस्ता कार्यक्रमले अहिले सम्म पनि निरन्तरता पाईरहेका छन ।
पछिल्लो समय बृद्धबृद्धाका लागी खर्च अभाव भएपछि सम्झने भनेको सरकार नै हो । कहिले भत्ता पाईएला र खर्च टारौँला भन्ने आशामा उनीहरु बसिरहेका छन ।
कहिले भत्ता आउँछ भन्दै बाटोमा बसेर चिनेजानेका,जान्ने बुझनेलाई सोध्ने गरेको बेलबारी ४ की ७५ बर्षीय दयावती उरावले बताईन । यतिका महिना सम्म भत्ता नआँउदा भत्ता रोकिएको हो की भन्ने चिन्ता लागेको छ ,भत्ता रोकियो भने त बाँच्नै गाहे हुन्छ उनले भनिन । उनीजस्तै जिल्लाका हजारौँ बृद्धबृद्धा,एकल महिला,शारिरिक अशत्त र अपांगहरुले समेत भत्ता नपाएको गुनासो गरेका छन । भत्ता नआएपछि सरकारी कार्यालयमा समेत कहिले भत्ता आऊछ भन्दै बस्नेको भिड लाग्ने गरेको छ ।
बेलबारी नगरपालिकाका कार्यकारी अधिकृत होम प्रसाद पौडेलले दैनिक दश पन्ध्र जना बुबाआमा कार्यलय खुल्नुभन्दा अगाडिनै आएर कार्यलयमा बस्ने गरेको र भत्ताको बारेमा जिज्ञासा राख्ने गरेको बताए । जिल्ला बिकास समिति मोरङका अनुसार जिल्लामा ६० हजार भन्दा वढीले बृद्धभत्ता खाने गरेका छन ।
एकल महिला, बृद्धभत्ता दलित बृद्धभत्ता, अपांग बृद्धभत्ता,दलित बालबालिका भत्ता बिगत केहि महिना देखी नआएको जिबिस मोरङले जनाएको छ । मोरङ सहित केहि जिल्लामा अनलाईन मार्फत नाम दर्ता गरे पछि मात्रै भत्ता बितरण गर्ने निर्देशिका आएकाले ढिलाई भएको जिबिस मोरङका फोकल पर्सन राजन श्रेष्ठले बताए । एक हप्ता भित्रमा जिल्लाका सबै नगरपालिका र गाबिसमा भत्ता बाँडिने समेत उनले जानकारी दिएका छन ।स्रोत;पुर्बेली न्युज
No comments: