LATEST NEWS

प्यारालाइसिसलाई जित्दै सारा बनिन् चर्चित मोडल - आखिर कसरि भयो एस्तो थाहापाउन हेर्नुहोस् पुरा खबर >>>

Posted by Daily News Pokhara ~ Thursday, 21 January 2016

डेली न्यूज़ पोखरा:
 लण्डन – सन् २०१२ मा कार दुर्घटनाका क्रममा सारा नज्म गम्भीर घाइते भएकी थिइन् । दिमागमा चोट लागेपछि उनी लामो समय प्यारालाइसिस भएर निश्क्रिय जीवन बाँच्न थिइन् ।
डाक्टरले उनलाई ठीक हुन गाह्रो पर्ने बताएका थिए । ठीक भइहाले पनि उनी कहिल्यै हिडडूल गर्न नसक्ने डाक्टरको दाबी थियो । त्यतिबेला उनको उमेर थियो, केवल १७ वर्ष । तर अहिले उनी मोडल बनिसकेकी छिन् ।
उनको संघर्ष भने कम छैन् । कलेजमा हुदाँ सबैजना सारालाई मजाकमा उडाउथेँ । त्यसपछि उनले घरबाटै पढाई थालिन् । मानिसले गर्ने टिप्पणीबाट उनी हैरान थिइन् ।
तर उनलाई आमा पामले भने सधैँ राम्रो कामका लागि प्रेरित गरिन् । उनले सारालाई कहिल्यै कमजोर हुन दिइनन् ।
सन् २०१४ मा उनले सारालाई बर्मिघममा भएको एउटा मोडलिंग फोट सूटमा पठाएकी थिइन् । त्यसपछि सारालाई लण्डनको एक चर्चित एजेन्सीले फोटो सूटका लागि हायरमा लिने प्रस्ताव राख्यो ।
बिस्तारै उनी थुप्रै विज्ञापनमा छाउन थालिन् र एक अन्तर्राष्टिय स्तरको म्यागेजिनमा समेत फ्रन्ट पेजमा उनको फोटो आयो । उनको सफलताको यात्रा सुरु भइसकेको थियो । पछिल्लो अक्टोबरमा उनी मिस युनाइटेड ब्रिटिस ब्यूटी पेजेन्टमा समेत रनर अप भइन् ।

बेडमा छदाँ निराश थिइन्
साराले दुर्घटनापछि बेडमा बस्नुपर्दा खराब अनुभव गरेको बताएकी छिन् । तर आमाले सधैँ राम्रो कामका लागि प्रेरित गर्ने गरेको उनी बताउँछिन् । उनी आमाकै इच्छाशक्तीका कारण फेरि उभिने क्षमता आएको बताउँछिन् । उनी अहिले फेब्रअरीमा लंकाशायरमा हुने मिस लीगेन्ट नर्थ कन्टेस्टाको तयारीमा छिन् । सारा आफ्नो यात्रालाई संघर्षले भरिएको यात्रा मान्छिन् । उनी अरुलाई पनि हिम्मत नहार्न र आफ्नो सपना पुरा गरेरै छाड्न सुझाव दिन्छिन् ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply