LATEST NEWS

सेक्स स्वस्थ दिमागका लागि अति फाइदाजनक - हेर्नुहोस् आखिर कसरि फाइदाजनक हुन्छ >>>

Posted by Daily News Pokhara ~ Thursday, 21 January 2016

डेली न्यूज़ पोखरा: डिप्रेसनको जोखिम घटाउँछ सेक्सका क्रममा शरीरका रसायनमा परिवर्तन आउँछ, जसले डिप्रेसन हुने सम्भावनालाई कम गरिदिन्छ । पीडा कम गर्छ यदि टाउको दुखेको छ भने ‘आज सञ्चो छैन’ भन्दै पार्टनरले गरेको सेक्स प्रस्तावलाई पन्छाउने गल्ती नगर्नुहोस । किनकि, यस्तो अवस्थामा सेक्स ओखतीबराबर हुन सक्छ । सन् २०१३ मा जर्मनीमा गरिएको एक अनुसन्धानमा समेटिएका मानिसमध्ये ६० प्रतिशतमा माइग्रेनको समस्या थियो भने ३० प्रतिशतलाई टाउको दुखिरहने समस्या थियो । सेक्स गर्दा उनीहरुमध्ये सबैले टाउको दुखाई पूर्ण वा आंशिक रुपमा हटेको बताएका थिए । स्मरणशक्ति बढाउँछ सेक्सले स्मरणशक्ति बढाउन पनि मद्दत गर्छ । मुसा र मानिस दुवैमा नियमित सेक्स गर्ने जोडीहरुको स्मरणशक्तिबारे एक अनुसन्धान गरिएको छ । यसले नियमित सेक्स गर्दा स्मरणशक्ति बढाउने दिमागको भाग सक्रिय हुने गरेको तथ्य पत्ता लागेको थियो । मनस्थिति शान्त गराउँछ सेक्स गर्ने मानिसको मनस्थिति शान्त खालको हुन्छ । भर्खरै सेक्स गरेको मानिसले सार्वजनिक ठाउँमा गएर निर्धक्क भइ बोल्न सक्ने, उत्तेजनामा नआउने जस्ता सवालमा सेक्स नगरेका मानिसलाई उछिन्ने गरेको विभिन्न अनुसन्धानको क्रममा पाइएको छ । तनावपूर्ण अवस्थालाई झेल्ने सवालमा पनि नियमित सेक्स गर्ने मानिस नै अगाडि हुने गर्छन । सेक्सको चाहना भएरपनि यसबाट वञ्चित हुने मानिस बढी उत्तेजित हुने गर्छन । मीठो निद्रा लगाउँछ बलियो दिमागको अनिवार्य शर्त हो, मीठो निद्रा । सेक्सले गहिरोसँग निदाउन मद्दत गर्छ ।  त्यही भएर अनिद्राको समस्या भएका पुरुषलाई डाक्टरले सेक्स गर्ने सल्लाह दिने गर्छन । - 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply