LATEST NEWS

रंगेली घटनापछि वीरगञ्ज पुनः तनावग्रस्त : एसपीको गाडी तोडफोडको प्रयास - हेर्नुहोस् >>>>

Posted by Daily News Pokhara ~ Thursday, 21 January 2016

डेली न्यूज़ पोखरा: 
वीरगञ्ज – मोरङमा बिहिबार प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएपछि केही दिनदेखि शान्त रहेको वीरगञ्ज पुनः तनावग्रस्त बनेको छ । हिजोको घटनाको विरोधमा शुक्रबार बिहानैदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् । मोर्चाका कार्यकर्ताहरुले बजार र यातायात बन्द गराएका छन् भने ठाउँ–ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । केही समयअघि प्रहरीको एसपीको गाडी मोर्चाका कार्यकर्ताहरुले रोक्न खोजेपछि तनाव बढेको थियो । मोर्चाका कार्यकर्ताहरुले गाडीमाथि ढुंगामुढा समेत गरेका थिए । त्यसपछि केही बेर झडपसमेत भएको थियो । वीरगञ्जको स्थिति अहिले पनि तनावपूर्ण रहेको छ । 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply